माधव नेपाललाई प्रधानमन्त्री बनाउन नहुने पक्षमा उभिए झलनाथ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले वर्तमान सरकरा परिवर्तनबारे सत्ता गठबन्धनमा कुनैपनि छलफल नभएको प्रष्ट पारेका छन् ।

बुधबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग जनता जान्न चाहान्छन् कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सो कुरा दाबी गरेका हुन् । खनालले ३२ सिट भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दासमेत जनतामा चरम असन्तसष्टि सिर्जना भएको दाबी गर्दै १० सिट भएको एकीकृत समाजवादीले सत्ताको नेतृत्व लिँदा जनतामा राम्रो इमेज नजाने र पार्टीको पनि इमेज कमजोर हुने जिकिर गरे ।

उनले भने ‘यो खिचडीको पनि खिचडी, ३२ वटा सिट भएको पार्टीले खिचडी सरकार चलाउँदा यो हालत छ, अब दशवटा सीट भएको पार्टीले खिचडी सरकार चलाउँदा के हालत होला ? मलाई त्यसमा चाहिँ चिन्ता छ । त्यसो गरेर हाम्रो अध्यक्षको इमेज अझै बढ्ता ड्यामेज हुने हो कि ? उहाँको ड्यामेज हुँदा हाम्रो सिंगै पार्टीको इमेज ड्यामेज हुने हो कि ? त्योपट्टि मलाई चिन्ता छ’ ।

सम्मानीत नेता खनालले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाउँदा आफूलाई कुनै आपत्ति नभएपनि पार्टीले दिर्घकालका लागि सोचेर यसबारेमा निर्णय लिनुपर्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।