प्रधानमन्त्रीले भुरा कराउँछन् थाकिहाल्छन् सोच्नु भएको होला, छोड्नेवाला छैनौं :सुमना

काठमाडौं,२६ माघ । त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेको छ। उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति छनोट कार्यविधिमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको नाम मात्रै समावेश गरिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गठन गरेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

उपकुलपतिको सर्टलिस्ट सार्वजनिक भएपछि रास्वपाकी सांसद सुमना श्रेष्ठले असन्तुष्ट जनाएकी छन् । उपकुलपतिको सर्टलिस्टमा तीर्थराज खनियाँ पनि परेपछि सुमनाले आक्रोश पोखेकी हुन् । खनियाँ ०७२ भदौमा त्रिवि उपकुलपति नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले खनियाँलाई उपकुलपति बनाएका थिए।

नेपाली कांग्रेसका नेतासमेत रहेका खनियाँ बौद्धिक चोरीको आरोपमा मुछिएका व्यक्ति हुन्। उनी त्रिविको कुलपति रहँदा सदैव विवादमा नै मुछिने व्यक्तिमा पर्दथे ।

सर्टलिस्ट सार्वजनिक भएपछि सुमनाले लेखेकी छन् ‘त्रिवि उपकुलपतिमा भागबन्डा नगर्ने, स्वच्छ छविको योग्य व्यक्ति नियुक्ति गर्ने प्रतिबद्धता देशको सर्वोच्च पद भनिनेहरूमा आसिनहरूबाट सुनियो । ठूला, साना, युवा, झन् युवा सबै नेतागणबाट पनि यस्तै आदर्शको भाषण सुनियो । अनि आज सर्टलिस्ट भएकाहरूको नाम देख्छु वाह!! अझ निमित्तले नियुक्ति सरुवा गरिरेका छन् रे । अन्य विश्वविद्यालयमा पनि नियुक्ति अड्काइरहेको कुरा सुनिन्छ’ ।

उनले बौद्धिकवर्गलाई बोलाएर, सँगै फोटो खिचाएर उनीहरुको नाम भजाएको भन्दै असन्तोष पोखेकी छन् । केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिविको उपकुलपतिमा राजनीतिक भागबन्डा नगर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्रीलाई भेट्न जाने वौदिक वर्गलाई प्रश्न गर्दै सुमानाले भनेकी छन् ‘ तपाईँहरूको नाम भजाएर के के गरे, देख्नुभयो! प्रधानमन्त्रीले मलाई सल्लाह माग्न बोलाउछन् भनेर दङ्ग परेर बस्नुहुन्छ कि ? खै सल्लाह अनुसार किन काम भएन भनेर सोध्ने र बोल्ने आँट गर्नु हुन्छ ? हे कथित माननीयहरू! केही त यस्तो काम गरौं न, माननीय भन्नु पर्छ भन्ने ऐन बनाइराख्न नपरोस् । जनताले मनदेखि नै माननीय भनून् । हामीले चाहे नसक्ने हो र ? यो भुरा कति दिन कराइराख्ला र, थाकिहाल्छ नि एक दिन भनेर सोच्नु भएको हो भने म छोड्नेवाला छैन । तपाईहरूको मृत्युपर्यन्त स्मृतिमा पनि अधिकार पाएको छु, त्रिविमा भागबन्डा रोक्छु भन्नुभएको थियो तर झुक्याउनु भयो लेख्न पर्ने बनाउछु’ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।