लुटेरा समूहबाट एक बालिका बलात्कृत

जनकपुरधाम : महोत्तरीमा लुटेरा सामूहबाट एक बालिका बलात्कृत भएकी छन्। महोतरीको सम्सी गाउँपालिका–२ पर्सामा १३ वर्षीया बालिकालाई चार जनाको समूहले २२ गते राति दुई बजे बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कृत भएकी बालिका आर्थिक अवस्था कमजोर भएका कारण मामा घर बस्दै आएकी थिइन्।

राति लुटेरा समूहले घरमा लुटपाट गरी बालिकाकी आमा र हजुरआमालाई कोठामा थुनेर उनलाई घरबाट एक किलोमिटर टाढा खेतमा लगेर बलात्कार गरेको अनुसन्धामा खटिएक एक प्रहरीले बताए।

प्रहरीका अनुसार बालिका डराएका कारण भोलिपल्ट मात्रै घटना बाहिरिएको थियो। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चारैजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक महेन्द्र खड्काले बताए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। आज दिउँसो तीनबजे विस्तृतमा घटना सार्वजनिक गरिने प्रहरी निरीक्षक खड्काले बताए। प्रहरीका अनुसार लुटेरा समूहले सोही राति स्थानीय सुरेन्द्र चौधरीको घरमा समेत लुटपाट गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।