महेन्द्र मोरङ क्याम्पस परिसरभित्र भेटियो काटिएको औलाको टुक्रा

मोरङ : विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ। मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। स्ववियू भवन नजिकै शुक्रबार बिहान औँला जस्तो देखिने वस्तु फेला परेको एसपी पोखरेलले बताए।

मानिसको जस्तो देखिने औँलाको टुक्रा फेला परेपछि विभिन्न कोणबाट अनुसन्धान थालेको बताउँदै, एसपी पोखरेलले भने, ‘औँलाको टुक्रा जस्तो देखिने वस्तु फेला परेको स्थान हेर्दा अपराध भए जस्तो देखिँदैन। टुक्रा के को हो यकिनसाथ भन्न सकिने अवस्था छैन । त्यहाँ टुक्रा कसरी आयो भन्ने कुरो अन्यौल नै रहेको छ।’

मानव अङ्गको टुक्रा जस्तो देखिने भएकाले कहीँ कतैबाट कसैले ल्याए वा कुनै जनावरले ल्यायोकी भनेर अनुसन्धान थालेको बताउँदै, एसपी पोखरेलले भने, ‘फेला परेको वस्तुको पहिचानका लागि ल्याब पठाउन लागेका छौँ। मानिसको भए पुरुष वा महिला, कुन औँला, कति वर्षको व्यक्तिको हो जस्ता परीक्षणबाट खुल्ने र यससँगै विभिन्न माध्यमबाट अनुसन्धानको काम थालिसकेका छौँ।’ नागरिक

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।