‘‘सबुजकृष्णलाई टिकट दिँदा हराउनु भयो भने नि ?’:कार्यकर्तालाई देउवाको प्रश्न

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको काठमाडौं जिल्ला सम्मेलन उद्घाटन गरेका छन् । उद्घाटना सभा राष्ट्रिय सभागृहमा बिहान साढे १० बजेबाट सुरु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले सबुजकृष्ण बानियाँलाई टिकट नदिइएको भन्दै सबैको चित्त दुखेको आफूले पाएको भन्दै अब टिकट दिने प्रतिवद्धता व्यक्त गरे ।

देउवाले अब टिकट दिने बताए पनि उनले नेता तथा कार्यकर्ताले नै उनलाई निर्वाचनमा हराउन सक्ने आशंका व्यक्त गरे । सभापति देउवाले ‘हराउनु भयो भने नि ?’ भनेर प्रश्नसमेत गरे ।

‘सबैलाई चित्त दुखेछ, सबुजकृष्ण बानियाँलाई टिकट दिएन भनेर । अब सुन्नुस् है, (उताबाट हो, हो भन्ने जवाफ आउँछ) सुन्नुस्, सुन्नुस् । हो, होईन अझ बाँकी छ नि । अब टिकट पायो भने जिताउनु होला नि फेरि है । अब उहाँले टिकट पाउँदा हराउनु भयो भने ? हराउनु भयो भने नि ?’ उनले प्रश्न गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।