आजदेखि ई-भिसा लागू, कसरी सेवा लिने ?

काठमाडौं । अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् ।

ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए ।

बढीभन्दा बढी पर्यटक भित्र्याउन र उनीहरूलाई सहजता प्रदान गर्न ई–भिसा लागू भएको हो । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास जानु पर्दैन । भने, विमानस्थलमा लाइन पनि बस्न पर्दैन । ई–भिसा देखाएपछि एयरपोर्टमा नै भिसा पाउने छन् ।

भिसाका लागि जहाँबाट पनि आफैँ आवेदन दिन सकिने छ । विभागले केही समय परीक्षण गरेर मात्रै आजदेखि लागू गरेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।