दयाहाङ र मिरुनाको ‘घर ज्वाईं’ सुटिङ सुरु

काठमाडौं,०५ फागुन । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो ।

अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम,तकसेरा,ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,भोला सापकोटा,राज थापा काउचा,कविता आले,शिला आले,अनु थापा,बिना मगर,खडुगबहादुर पुन (खबपु) सोनाम लामा,बिवेश बुढा,सुनील मगरलगायतले अभिनय गर्नेछन् ।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् ।

सुसन प्रजापतिको छायांकन,हर्क साउद र मनोज थापाको शब्द,संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तराष्ट्रिय बितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको बितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् । असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।