‘मिस नेपाल पिस २०२४’ छानिने

काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएके छ ।

आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगीताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रबि धमलाले अनुमान लगाए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित लामोसमयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।

छनौट चरणमा छानिएका प्रतियोगिलाई संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तर दाइत्व बोध गराउने उदेश्यले यो प्रतियोगिता बिगत आयोजना हुँदै आएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖