गायिका तृष्णा गुरुंग पाख्रीबास आउंदै
धनकुटा । चर्चित गायिका तृष्णा गुरुंग पाख्रीबासमा आउने भएका छन् ।
यहीं फागुन २५ गते महाशिवरात्रीको अवसर पारेर आफ्नो सांगीतिक प्रस्तुति दिन गुरुंग र कोल्याब ब्याण्ड पाख्रीबास आउने भएका हुन् ।
कार्यक्रमको आयोजना कैलाशनाथ युथ क्लब पाख्रीबास ४,धनकुटा(मन्दिर ब्यावस्थापन समिति) ले गरेको छ भने कार्यक्रम पाख्रीबासको बुद्द चौकमा हुने भएको छ ।


