युद्धकलाले भरिएको लोकप्रिय हुड्केली छलिया नृत्य(भिडियो सहित)

धनकुटा । नाच धेरै प्रकारका हुन्छ । बिभिन्न जातिगत,समाजगत,समुहगत फरक-फरक नाच हुने गर्दछ । त्यसै मध्येको एक हो हुड्केली छलिया नाच ।

हुड्के नाच नेपालको पश्चिमी भेकमा प्रचलित नाच हो। पुर्बमा भने यो आकर्षक नृत्य त्यति प्रचलित छैन । पुर्बमा यसको बारेमा धेरैलाई जानकारी समेत छैन तर यो नाच निक्कै आकर्षक हुन्छ ।

हुड्केली नाच हुड्काको तालसँग एक प्रकारको युद्धकला देखाएर नाच्ने गरिन्छ । पश्चिम नेपालको चर्चीत देउडा भाकामा गाइने हुड्केली गितमा पौराणिक कथा, राजा महाराजाहरू गाथाको बर्णन र पुराना लडाईका कथाहरू समाबेश गरिन्छ । जसलाई स्थानिय भाषामा कर्खा भनिन्छ ।

बिबाह ब्रतबन्ध,पास्नी तथा अन्य सुभ कार्यहरूमा यो नाच नाच्ने गरिन्छ । हुड्को डमरु जस्तै एक हातले समातेर बजाउन मिल्ने बाजा हो । यो नाच नाच्नेले टाउकोमा सेतो फेटा पगडी बाँधेको हुन्छ भने सेतो नै पहिरन लगाएको हुन्छ र रातो कपडा छड्के पारेर कम्मरमा बधेको हुन्छ । प्राय वीरगाथा गाइने यस नाचमा ताण्डब नृत्यमा एक जनाले गाउने र अरुले साथ दिने गर्छन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।