पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ५ को अन्तिम प्रतिस्पर्धा धनकुटामा जारी
धनकुटा,१२ फागुन । रिक्रियशन मल्टि मिडिया एण्ड इन्टरटेन्मेट प्रा.लि धनकुटाद्धरा संचालन गरिएको पूर्वाञ्चल गट ट्यालेन्ट २०८० सिजन ५ को फाइनल प्रतिस्पर्धा धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा जारी रहेको छ ।
कोशी प्रदेशका १४ जिल्लामा संचालन गरिएको विभिन्न चरणको अडिसन पार गर्दै अन्तिम चरणमा पुगेका गायन तर्फका १२ र नृत्य तर्फका १४ प्रतिस्पर्धीहरु बिच उपाधिका लागि प्रतिस्पर्धा भइ रहेको छ ।
प्रतियोगीले भोट तथा निर्णायको ५०/५० अंकको आधारमा प्राप्त गरेको नम्बरको आधारमा बिजेताको छनोट गरिने छ ।





