पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-५ को उपाधि सिजन र निष्मालाई

धनकुटा । हिजो सम्पन्न पूर्वान्चल गट ट्यालेन्ट सिजन ५ को उपाधि धनकुटाका सिजन भट्टराई र भोजपुरका निष्मा श्रेष्ठले हात पारेका छन् ।

भट्टराईले गायन र श्रेष्ठले नृत्य तर्फको उपाधि जितेका हुन् ।

त्यसैगरि गायनतर्फ धनकुटाको पाख्रीवासकी स्वीकृति राई द्वितीय र पाख्रीवासकै इन्वाङ राई तृतीय भएका छन् भने नृत्यतर्फ तेह्रथुमको द राइजिङ ग्रल्स द्वितीय र धनकुटाको स्क्वार्ड समूह तृतीय भएका छन् ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट छनौट गरिएका प्रतिभाहरु मध्ये अन्तिम प्रतिस्पर्धाका लागि नृत्य तर्फ १४ र गायन तर्फ १२ जनाले प्रतिष्पर्धा गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा गायन तर्फ गायक कृष्णभक्त राई, जुनी खालिङ्ग राई र महेश राई तथा नृत्य तर्फ युसिन यस्माली मगर र विशेष गुरुङ रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।