मन्त्रीहरुले राजीनामा दिनुपर्यो, होईन भने प्रधानमन्त्रीले बर्खास्त गर्ने आँट गर्नुपर्योः गोकुल बास्कोटा

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले विवादित मन्त्रीका विषयमा प्रधानमन्त्रीले आजनै संसद्मा जवाफ दिनुपर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले कि मन्त्रीहरुले राजीनामा दिनुपर्ने र होईन भने प्रधानमन्त्रीले विवादित मन्त्रीहरुलाई बर्खास्त गर्ने आँट गर्नुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । उहाँ विवादित मन्त्रीहरुको विषयमा के गर्नुहुन्छ ? कि उनीहरुले राजीनामा दिनुपर्यो, होईन भने बर्खास्त गर्ने आँट गर्नुपर्यो,’– उनले भने ।

उनले लामो समय आफूहरुले विवादित मन्त्रीहरुको राजीनामा बारे आवाज उठाएपनि सरकारले जवाफ दिन नचाहेको बताए । उनले सुप्रिमोभन्दा माथि कुन सुप्रिमो छ यो देशमा भनेर प्रश्नसमेत गरे । उनले कि असली कम्फर्टेबल घोडा बनेको हो भनेर अर्को प्रश्नसमेत गरे ।

‘सुप्रिमोभन्दा माथि कुन सुप्रिमो छ यो देशमा ? प्रचलित भाषमा उहाँलाई सुप्रिमो भन्छन् । कि अरु कसैले लगाएजस्तो असली घोडा, कम्फर्टेबल बनाएको हो ? जनतालाई जवाफ चाहिन्छ,’– नेता बास्कोटाले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।