धनकुटा नगरमा व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै गरिने

धनकुटा, १४ फागुन । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै गरिने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सबै काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो ।

यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । तर, अब व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘व्यवसायीहरूलाई सजिलो बनाउँन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका छौं, व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भने, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ ।’

व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो । नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिए । सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।

धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।