‘काेशी’ नामकरण विराेधमा आज प्रदेशभर प्रदर्शन हुँदै

विजयपुर । प्रदेश एकककाे नाम ‘काेशी’ राखेको विराेधमा बिहीबार प्रदेशभर विराेध प्रदर्शन हुने भएको छ । प्रदेश सभाले इच्छाविपरीत आजकै दिन गत वर्ष ‘काेशी’ नाम राखेकोमा असन्तुष्ट पहिचानवादीहरूले विराेध सभासहित प्रदर्शन गर्ने भएको हाे ।

९३ सांसद रहेको प्रदेश एककाे सभाले गत वर्षकाे फागुन १७ गते ८२ जनाकाे बहुमत देखाउँदै ‘काेशी’ नाम पारित गरेको थियोे । त्यसमा, चार सांसदहरू विपक्षमा थिए । हस्ताक्षर गर्ने दलहरूमा नेकपा एमालेर नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र राप्रपा नेपाल रहेका थिए । विपक्षमा, नेकपा एकीकृत समाजवादी, जसपा रहेका थिए ।

नामकरणलगत्तै प्रदेशभर आन्दोलन चर्किएको थियोे । फागुन १७ गतेलाई पहिचानवादीहरूले ‘अँध्यारो दिन’ काे संज्ञा दिँदै प्रदेशको १४ जिल्ला र काठमाडौं उपत्यकामा विराेध सभा राखेको प्रदेश नम्बर एक पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका एक घटक किरात याक्थुङ चुम्लुङ अध्यक्ष प्रेम येक्तेनले बताए । ‘पहिचानविहीन काेशी मान्दैनौं । बहुमतकाे हुर्मत काढ्दै ल्याएको एकल गाेत्रीय नाम काेशी अस्वीकार गर्छाैँ,’ उनले भने, ‘पहिचान मेटाएकाे विराेधमा आज प्रदेश र उपत्यकामा विराेध सभा हुँदैछ ।’

त्यसैगरी, किरात राई यायाेक्खाका सुनसरी अध्यक्ष राजेन्द्र राईले समेत पहिचानवादी सङ्गठनहरूकाे विराेध निरन्तर रहने भन्दै आन्दोलन नराेकिने जनाए । ‘हामी काेशी फिर्ता नगरेसम्म लडिरहन्छाैँ । पहिचान, इतिहास र सभ्यताका आधारमा प्रदेशको पुनः नामाङ्कन हुनुपर्छ,’ राईले उल्लेख गरे ।

जसपा, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष एवम् पछिल्लो वार्ता समितिका सदस्य जेन्टल लाओेतीले आन्दोलन र वार्ता सँगसँगै जाने प्रष्ट पारे । ‘हामी आन्दोलनमा पनि छाैँ । र, राजनीतिक निकासका लागि वार्तालाई पनि सँगसँगै लानेछाैँ । हाम्रो बटमलाईन भनेको काेशी खारेजी र पहिचानका आधारमा पुनः नामकरण हाे,’ लाओतीले भने ।

बिहीबारकाे प्रदर्शनमा सबै जिल्लाका सङ्घर्ष समितिहरू परिचालन गरिसकेको र दिनभर कालाे झण्डा, कालाे पट्टि बाँधेर नाराबाजी गरिने झापा सङ्घर्ष समितिका सचिव सेसेहाङ फियाकले जनाए ।

सङ्घर्ष समितिमा प्रदेश नं.१ पुन नामाङकन् अभियान समिति, नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समिति, शेर्पा संघ, यायोक्खा, चुम्लुङ्, राष्ट्रिय जनमुक्ति पार्टी (छ घटक), जनता समाजवादी पार्टीको किरात, लिम्बुवान राष्ट्रिय समितिहरु, संघीय मञ्च, माओवादी सम्बद्ध किरात, लिम्बुवान, देशभक्त समाजवादी मोर्चा, धिमाल मोर्चाहरु, नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान समिति, अन्य जातीय संस्थागरी ४० भन्दा धेरै संघ संगठनहरु आन्दोलित रहेका छन् ।

आन्दोलनका क्रममा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बुवान भाेलेन्टियर्सका उपकमान्डर पदम लिम्बु ‘लाजेहाङ’काे उपचारका क्रममा मृत्यु भएको थियोे ।  उनलाई नेपाल सरकारले पछि राष्ट्रिय सहिद घाेषणा गरेको थियोे । आन्दोलनमा हालसम्म अढाई सय बढी घाइते र अङ्गभङ्ग भएका छन् । केही अझै थुनामा छन् । आन्दोलनकारीहरूले अहिले पनि ‘काेशी’ लेखिएको बाेर्ड, लेटरप्याड, स्ट्याम्प, ब्यानरहरू हटाउने, मेट्ने र आगजनी गर्ने काम गरिरहेका छन् । पहिचानकाे पक्षमा अनुदार अभिव्यक्ति दिने नेताहरूलाई छेक्ने काम भने केही मत्थर भएको छ ।

मुख्यमन्त्री केदार कार्कीकाे नेतृत्वको सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगूकाे नेतृत्वमा तीन सदस्यीय वार्ता समिति बनाएको छ । जसले माघ २५,२६ र फागुन ९ गते आन्दोलनकारीसँग वार्ता गरेको थियोे । यसअघि, असारमा आन्दोलनकारी र सरकारबीच पहिलोपटक वार्ता भएको थियोे । तत्कालीन मन्त्री तिलकुमार मेन्याङ्वाेकाे संयाेजकत्वमा भएको वार्ता विफल भएको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।