प्रचण्ड नेतृत्वको सरकार पुनर्गठन हुने, मन्त्रीमा सबै नयाँ अनुहार आउने

काठमाडौं, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रीहरुको काम कारबाहीबाट सन्तुष्ट छैनन् । गत बिहीबार सिंहदरबारमा आयोजित आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कामबाट सन्तोष लिन सकिने ठाउँ नदेखिएको बताए । उनले सरकार जोवन धान्ने र काल पर्खिनेजस्तो हुन नहुने बताए । जनतालाई डेलिभरी दिने र विकासका क्षेत्रमा पनि केही गरेर देखाउने संकल्पका साथ अगाडि बढेको सरकार अहिलेको अवस्थामा आइपुग्दा बेचैनीमा परिणत भएको उनको भनाइ थियो ।

उसो त प्रचण्डले आफू तेस्रो पटक प्रधानमन्त्री बनेको वर्षदिन पु्गेको अवसरमा गरेको सम्बोधनमा पूरै मन्त्रीहरु फेरेर भएपनि जनतालाई डेलिभरी, सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्ने बताएका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले पठाएका कुनै पनि मन्त्री नचलाउन प्रचण्डलाई दवाब दिएपछि प्रचण्ड अनिर्णयको बन्दी बनेका थिए ।

पछिल्लो समय प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच हिमचिम बढेपछि कांग्रेस केही झस्किएको छ । सभापति देउवाले गत विहीबार उपसभापतिद्वय धनराज गुरुङ, पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा र अन्य नेतालाई बोलाएर कांग्रेसका पूरै मन्त्री फिर्ता बोलाउन पर्ने परिस्थिति निर्माण भएको जानकारी गराएका थिए ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने तयारी थालेको बताएका छन् । उनले सबै मन्त्रीहरु नयाँ अनुहार आउने बताए ।

‘मन्त्रिपरिषद् चाँडै पुनर्गठन हुन्छ । प्रधानमन्त्रीले पहल गरिराख्नु भएको छ । एकदम नयाँ अनुहार नै गर्नुपर्छ भन्ने छ, सबै पार्टीबाट नयाँ अनुहार । सबै रिफर्म गर्ने सोच्नु भएको छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।