मदन ढकालको ‘दुना टपरी’ गीतको नाममै बिष्णु खत्रीको आपत्ति, परिवर्तन भएर आयो गीत

काठमाडौँ । ‘दुना टपरी’ बोलको गीतको नामलाई लिएर गायक बिष्णु खत्रीले आपत्ति जनाएसँगै गीतको नाममा फेरबदल भएर आएको छ । गायक खत्रीको डेढ दशक अघिको ‘दुना टपरी’ गीतको नामसँग मिलाएर अन्य गीत सार्वजनिक गर्न नपाउने र सार्वजनिक गरे कानुनी कारबाहीमा जाने चेतावनी दिएका थिए । उनले लय तथा शब्दमा नभई नाममा मात्र आपत्ति जनाएका थिए ।

गएको शुक्रबार टि.एम. म्युजिक प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गीतको शिर्षक अहिले ‘मनै नपरी दुना टपरी’ राखिएको छ । गीतका निर्माता तथा गायक मदन ढकालले बिष्णु खत्रीप्रतिको सम्मानलाई लिएर नाममा फेरबदल गरेको बताए । ‘गीत संगीतमा चलचित्र तथा पुस्तक तिरको जस्तो नियम छ जस्तो लाग्दैन । फेरी यसअघि पनि एउटै नाममा धेरै गीत सार्वजनिक भएका थुप्रै उदाहरणहरु छन् ।

दुना टपरी नाममा पनि यसअघि अन्य गीत नआएका होइनन् । बिष्णु खत्री जत्तिको बौद्धिक ब्यक्तिले कुन कुरा उठाइरहेको छु उहाँले सोच्नुपर्ने कुरा हो ।’ गायक ढकालले भनेका छन्, ‘उहाँको बर्षौदेखीको गीतसंगीत क्षेत्रको योगदानलाई हेर्दै सम्मानका लागी फेरबदल गरेका हौं ।’

सार्वजनिक ‘मनै नपरी दुना टपरी’मा गायक ढकालसँगै सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतका शब्द भने समिर घिमिरेले लेखका हुन् हुने संगीत तिर्थ खत्रीले भरेका छन् । गोर्खामा छायांकन गरिएको भिडिओमा बिनोद भण्डारी र सारिका केसीको अभिनय रहेको छ । नवराज उप्रेतीको टिमले खिचेको भिडिओ बिनोद भण्डारीले नै निर्देशन गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖