वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

मुम्बइ । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए ।

शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए । शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप भए । उनीहरुले एक ट्रफी र ५ लाख रुपैंयाँको चेक पाए । अनन्या थर्ड रनरअप बन्दै ट्रफी र ३ लाखमा चित्त बुझाइन् ।

शोको पहिलो दुई र नवौं संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक थिए । रियालिटी शो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रुपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी थिइन् ।

वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाएका थिए । उनले फिनालेको अन्तिम गीत सोनू निगमका साथ ‘जोरुका गुलाम’ गाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।