छोराछोरीले गराए निर्देशक गोपालचन्द्रको पुनर्विवाह

काठमाडौं । नेपाली समाजमा पुनविर्वाह गर्ने क्रम बढेको छ । यसै क्रममा केही वर्षदेखि अमेरिका बस्दै आएका चलचित्रकर्मी गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् । आफुहरुको विवाह भएको २५ वर्ष पुगेको शुभअवसरमा यी जोडीले पुनर्विवाह शनिबार पुनर्विवाह गरेका हुन ।

छोरी मोनिका र छोरा मौलिकले आफ्नै पहलमा अमेरिकाको बाल्टिमोरमा रहेको हिन्दुबौद्ध मन्दिरमा भब्य रूपमा आफ्ना आमाबुबाको पुनर्विवाह गराएका छन् । पारिवारिक विघटन, एकल परिवारप्रतिको मोह र सम्बन्ध विच्छेदजस्ता विषयले प्रसय पाइरहेको अहिलेको सन्दर्भमा त्यसमाथि पनि अमेरिका जस्तो उत्तर आधुनिक समाजमा बसेर छोराछोरीले बाबुआमा र परिवारप्रति देखाएको यस्तो सत्प्रयासले स्थानीय समाजमा मात्रै नभएर सात समुद्रवारि नेपालमा समेत सकारात्मक छाप छोडेको छ ।

अहिलेको अवस्थामा २५ वर्षसम्म सौहद्रपूर्ण साथ बिताउनु आफैंमा इतिहास हो भने त्यसमा पनि १८ वर्ष नपुग्दै अभिभावकको साथ छोड्ने अमेरिकी समाजमा बसेर आमाबुबाप्रति यस्तो उत्तरदायित्व बहन गर्नु आफैंमा उदाहरणीय काम भएको अमेरिकाका नेपालीहरुले बताएका छन् । यसले परिवारको महत्व मात्रै दर्साउँदैन, छोराछोरीले बाबुआमाप्रति गर्नुपर्ने कर्तब्य के हो र यसले समाजको सकारात्मक रुपान्तरणमा कस्तो भूमिका निर्वाह गर्दछ भन्ने कथन त्यहाँका नेपालीहरुको छ । यसका साथै बाबुआमाले छोराछोरीलाई कस्तो संस्कारमा हुर्काएका छन् भन्ने पनि प्रष्ट पार्छ ।

यो विवाह देखेर अमेरिकामा बस्ने नेपाली समाज मात्रै नभएर त्यहाँको स्थानीय अमेरिकी समाज पनि निकै प्रभावित भएको छ । किनकि पारिवारिक विघटनको अहिलेको माहौलमा यसले परिवारको महत्व कस्तो हुन्छ, छोराछोरीको कर्तब्य के हो र बाबुआमाले छाराछोरीलाई राम्रो संस्कारमा हुर्काउन सक्यो भने त्यसले कसरी सकारात्मक प्रतिफल दिन्छ भन्ने पनि देखाएको छ ।

छोरी मोनिका र छोरा मौलिकले यसलाई २५औं वैवाहिक वर्षगाँठका अवसरमा आयोजित पुनर्विवाह (म्यारिज एनिभर्सरी) समारोह भनेका छन् । तर वास्तवमा यो पुनर्विवाह मात्रै नभएर पारिवारिक सम्बन्धको पर्याय र बाबुआमा तथा छोराछोरीबीचको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने गतिलो उदाहरण भएको पनि बुबा आमाको कथन छ । यसले समाजमा पारिवारिक बन्धन कस्तो हुनुपर्छ भन्ने शिक्षा दिने बुबा एवम् चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेले बताएका छन् ।

लामिछानेको भनाईमा हिन्दु धर्मसंकारमा पनि पुनर्विवाहलाई सम्बोधन गरिएको छ । रामायण अनुसार भगवान् रामले पनि आफ्नो विवाहको २५औं वर्षमा पुर्नविवाह गरेका कथन छ । अमेरिकामा यसलाई ‘रिन्युइङ भोज’ वा रिम्यारिज भनिन्छ । यसको अर्थ विवाहित जोडीले एकअर्काप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्न आयोजित उत्सव वा समारोह भन्ने हुन्छ । यद्यपि, यो अनुष्ठानमा कुनै कानुनी अडान नभएको पनि लामिछानेले बताएका छन् । उनका अनुसार यो पति÷पत्नीहरूका लागि एकअर्कासँग आफ्नो प्रेम बाँड्ने र आफ्नो बाँकी जीवनभर एकअर्कालाई समर्थन गर्ने वाचा गर्ने एक सुन्दर क्षण हो ।

‘हिन्दु धर्मशास्त्रहरूमा गृहस्थ आश्रमलाई सबै आश्रमहरूको आधार र महत्वपूर्ण आश्रम भनिएको छ । यो आश्रम पूर्ण हुनका लागि पति–पत्नीबीचको सम्बन्ध अति सुमधुर हुनु आवश्यक छ भने उनीहरूका सन्तानले बाबुआमाले दिएको शिक्षा पालना गर्दै आफ्नो पुत्र तथा पुत्री धर्म आज्ञाकारी भएर निर्वाह गर्नु पर्दछ । यस अर्थमा गोपालचन्द्र र गीताको गृहस्थ आश्रम स्वयम्मा पूर्ण मात्र नभएर यसले समाजका अन्य परिवारलाई पनि पूर्ण बनाउन प्रेरणा दिएको छ भन्न सकिन्छ ।’ अर्का चलचित्र निर्देशक सुमन दाहालले यो पुनर्विवाहको बारेमा भने ।

हिन्दु धर्मका सोह्र संस्कारमध्ये विवाहलाई सृष्टिको आधार र परिवारिक संरचनाको पूर्वाधार मानिएको छ । त्यसमा पनि विवाहलाई २५ वर्षसम्म निरन्तरता दिएर सन्तानले नै पुनर्विवाह गरिदिनु भनेको उनीहरूको कतब्र्यबोध मात्रै नभएर पितृऋणको मर्मको ज्ञान हुनु पनि हो भन्ने कथन पुनर्विवाहमा सहभागी अरु अतिथिहरुको थियो ।

गोपालचन्द्रले आफुलाई यो स्थानसम्म पु¥याउन सर्वप्रथम त पत्नी गीताकुमारी गिरी लामिछानेको महत्वपूर्ण योगदान रहेको बताएका छन् । कलाको माध्यमबाट नेपाली सँस्कृतिको सम्वद्र्धनमा आजीवन लागि परेका गोपालचन्द्र लामिछाने पेसागत संघ संगठनमा आवद्ध भएर सामाजिक कार्यमा पनि त्यत्तिकै लागि परेका छन् । चलचित्र निर्देशकहरूको छाता संस्था नेपाल चलचित्र निर्देशक समाजको सदस्य, कार्यकारी सदस्य, सह–कोषाध्यक्ष हुँदै महासचिवको समेत जिम्मेवारी सम्हालिसकेका गोपलचन्द्र अहिले अमेरिकामा पनि अन्तर्राट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता तथा पर्वत समाज अमेरिकाका सल्लाहकार रहेका छन् ।

पर्वतमै रहँदा स्थानीय नाटकमा काम गर्ने क्रममा नजिएका गोपालचन्द्र र गीताले कला साधनाको क्षेत्रमा केही समय एकसाथ बिताएपछि आजीवन एकअर्काको भएर बाँच्ने निर्णय गरे । गोपालचन्द्रले लेखेका धेरै नाटकमा गीताले पनि अभिनय गरेकी छन् । कतिपय नाटकमा त उनीहरूले एकसाथ अभिनय पनि गरे । तर विवाहपछि भने गीताले गोपालचन्द्रलाई पूर्ण रुपमा कला क्षेत्रमै समाहित गराउन आफूले घरपरिवारको जिम्मेवारी सम्हालिन् ।

घरभित्रैबाट छोराछोरीलाई असल संस्कार र शिक्षा प्रदान गरिन्, हिन्दु परम्परा र परिवेशको राम्रो पाठ पढाइन् । यति मात्रै होइन, परिवार र त्यसको महत्वको अनि यसले समाजमा पार्ने प्रभावका बारेमा सचेत गराइन् । त्यसैले त अहिले अमेरिकाजस्तो उत्तर आधुनिक ठाउँमा पुगेर पनि उनीहरूलाई आमाले सिकाएको त्यही पाठले जागरुक बनायो अनि आफ्ना आमाबाबुप्रतिको उत्तरदायित्व बोध भयो, पारिवार र सम्बन्धको महत्वले आमाबुबाको पुनर्विवाह गर्न उत्प्रेरित ग¥यो । यही कुरालाई मनन गर्दै छोरा छोरीले आमाबुबाको विवाहको २५ वर्षे वर्षगाँठलाई पुनर्विवाहमा परिणत गरेर प्रेरणादायी काम गरेका हुन् ।

यो पुनर्विवाह कार्यक्रममा अमेरिकामा रहेका कलाकार प्रेमराजा महत, राजबल्लब कोइराला, रिचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल के.सी लक्ष्मण पौडेल, प्रवेश उप्रेति उद्धव भट्टराई निर्देशक सुमन दाहाल, शङ्कर घिमिरे, बाबुराम ढकाल , दिनेश कार्की म्यारिल्याण्ड राज्यका संसद ह्यरी भण्डारी लगायत विभिन्न व्यक्तिहरु उपस्थित भएर यी दम्पत्तिलाई शुभकामना दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।