गायक अमर राईको स्वरमा ‘पियारी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : गायक अमर राईको मिठो स्वरमा सजिएको ‘पियारी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

जानू काम्बाङ लिम्बुको उत्कृष्ट शब्द रहेको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतमा संगीत संयोजन सबिन लिम्बुको रहेको छ । गीतलाई अकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

केदार राईको लगानीमा तयार पारिएको गीतको भिडियो उनै गायक अमर राईको आफ्नै अफिसियल युट्युब च्यानल Amar Creation मार्फत सार्वजनिक गरिएको छ ।

हङकङको वेस्ट काउलुन पार्कमा छायांकन गरिएको भिडियोमा गायक अमर राई र मोडल माया मगरको अभिनय देख्न सकिन्छ । भिडियोमा नृत्य निर्देशन सुकु लिम्बुले गर्नु भएको हो भने भिडियोको निर्देशन, छायांकन र सम्पादन मज्जाको राईले गर्नु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।