एलिनाले भनिन्–ममाथि गलत भयो

काठमाडौँ । गायिका एलिना चौहानले पर्वतको तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा साउन्ड टेक्निसियिनले आफूमाथि गलत गरेको बताएकी छन् । उनले रातोपाटीसँग कुरा गर्दै टेक्निसिनयनले आफ्नो गल्ती ढाक्न आफूमाथि खनिएको आरोप लगाइन् ।

‘पानी पर्‍यो भनेर भिज्छ भन्दै सुरु देखिनै मनिटर राखेको पनि थिएन । मनिटर नराखेपछि हामीले स्टेजमा केही सुन्दैनौ । त्यो अवस्थामा पनि मैले कम्परमाइज गरेर गाइरहेको थिए’, उनले भनिन् ‘मैले गीत गाएपनि अडियन्सबाट साउन्ड भएन भनेर धेरै आवाज आयो । मैले आज मलाई साउन्डले कट्टा हानेको छ के गर्नु । बिना साउन्ड पनि म गाउँछु भने ।’ म धोके बाज गायिका भएको भएर होला आज साउन्डले पनि धोका दियो भनेर आफूले भनेर मिलाउन खोजेको समेत उनले सुनाइन् ।

‘त्यतिकैमा बैनी तिम्रो त्यो घाटी क्लीयर गरेर आउँ भन्नु भयो’, उनले थपिन् ‘त्यसपछि मैले केही भनेको हो ।’ आफूले पहिला पहिले पनि कतै पनि मिलाउनुस् भनेको रहेछु र रिस पोखेको होकी भन्ने लागेको छ उनले अनुमान लगाइन् ।

‘मेरो अरु गायक गायिका जस्तो स्वर छैन । त्यसैले म कम्परमाइज गरेर गाउन सक्दिन । अन्य आयोजक रिसाउँछन् कि भन्ने डरले केही बोल्दैनन्’, उनले अगाडि भनिन् ‘,मेरो पश्चिमी भेगको अधिकांश ठाउँमा साउन्ड सिष्टममा कम्प्लेन भएको छ ।’

मलाई स्टेज पनि चाहिँदैन, साउन्डमा त कम्परमाइज नगर्नुस् भनेर समेत आफूले भन्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘राम्रो हुँदा म कसैलाई नराम्रो भन्दिन । स्याङ्जाको दुई तीन कार्यक्रममा पनि यही टेक्निसियनलाई यस्तै भनेको थिए । त्यही रिस पोखेको हो ।’

गीत गाउँदा गाउँदै अडियन्स तिरको बत्ती निभाउने, आफ्नो माइकको साउन्ड काट्ने लगायत क्रियाकलाप समेत गरेको एलिनाको आरोप छ ।

एलिनाको साउन्ड टेक्निसियनसँग विवाद पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा भएको हो । जसको भिडियो अहिले सामाजिक संजालमा भाइरल छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।