ओरीले आफ्नो इयररिङ फुकालेर किन दिए रिहानालाई?

एजेन्सी । गायिका रिहाना हालै भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको प्रि-वेडिङ समारोहमा प्रस्तुति दिन भारत आएकी थिइन्।

दुई दिनका लागि आएकी रिहानाले समारोहमा आफ्ना गीतहरूको प्रस्तुति दिएकी थिइन्।

सोही अवसरमा भारतीय सेलेब्रेटीहरूसँग पनि उनको भेटघाट भएको थियो। उनले बलिउड कलाकारहरूका साथमा नाच्दै रमाइलो गरेका भिडिओहरू सार्वजनिक भएका छन्।

यसबीच अहिले सामाजिक सञ्जालमा अर्को भिडिओ पनि चर्चामा छ जसमा रिहाना र ओरी रमाइलो गर्दै गरेका देखिन्छन्।

यति मात्र होइन, ओरीले आफ्नो कानमा लगाएको इयररिङ खोलेर रिहानालाई दिएका पनि छन्। ओरी उक्त पार्टीमा स्टाइलिस इयररिङ लगाएका गएका थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार रिहानालाई ओरीको इयररिङ खुब मनपरेपछि ओरीले खोलेर उनलाई दिएका हुन्। भिडिओमा पनि ओरीले आफ्नो इयररिङ खोलेर रिहानालाई दिँदै गरेको देखिन्छ। रिहानाले पनि उक्त इयररिङसँग पोज दिँदै फोटाहरू खिचाएकी छन्।

रिहाना र शाहरूख खानले सँगै खिचेको फोटोमा पनि रिहानाले ओरीले दिएको इयररिङ देखाएकी छन्।

ओरीले रिहानासँगका केही फोटा र भिडिओहरू सामाजिक सञ्जालमा राखेका छन्। आफ्नो इयररिङले सही ठाउँ पाएको पनि उनले लेखेका छन्।

ओरहान अवत्रामणि उर्फ ओरी पछिल्लो समय निकै चर्चामा छन्। बलिउड कलाकारहरूसँग, विशेषगरी अभिनेत्रीहरूसँग फोटादेखि समारोह र उत्सवहरूमा समेत नछुट्ने मुकेश अम्बानीको परिवारसँग पनि घुलमिल भइसकेका छन्।

ओरी पहिले मुम्बईको सामाजिक कार्यकर्ता हुन्। उनी अभिनेत्री सारा अली खानसँगै कोलम्बिया युनिभर्सिटीमा पढाइ गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।