गृहबाट जाँदाजाँदै नारायणकाजीले भने- जनतामा आशा जगाउने प्रयास गरेँ

काठमाडौं । निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मुलुकमा सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका छन् ।

बुधवार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा श्रेष्ठले आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका हुन् ।

मिटर ब्याज पीडितको समस्या गर्नका लागि आयोग गठन गरेर काम गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमार्फत उनीहरूको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए ।

उनले मिटर ब्याज पीडितको समस्यामा मन्त्रालयले निरन्तर ध्यान दिनुपर्ने धारणा राखे। श्रेष्ठले विभिन्न प्रकरणमा भएका अनुसन्धानलाई नरोक्न र थप प्रभावकारी ढंगले अनुसन्धान गर्न आग्रह गरे ।श्रेष्ठलाई गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतले बिदाइ गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।