मन्त्रालय भागबण्डा टुङ्गियो, सबै मन्त्रीले आजै शपथ लिने

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ बनेको सत्ता गठबन्धनका दलबीच मन्त्रालय बाडफाँडमा कुरा मिलेपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाएको छ । माओवादीले ५ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा, जनता समाजवादी पार्टीले २ वटा र अन्य साना दलहरुलाई ४ वटा मन्त्रालय छुट्याइएको छ ।

रास्वपालाई गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । रास्वपाका सभापवति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । त्यसैगरी रास्वपाले सुमना श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेवारी दिने भएको छ । विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि विनाविभागीय मन्त्री बनेका डोलप्रसाद अर्याल श्रम मन्त्री तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

एमालेले सचिव रघुविर महासेठको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । महासेठ उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री बन्ने निश्चित भएको छ । पदम गिरी यसअघिनै मन्त्री नियुक्त भइसकेका छन् । एमालेबाट अरु मन्त्रीको नाम टुंगिन बाँकी रहेको छ ।

जसपाले मन्त्रीहरुको नाम दिएको छैन । माओवादीले अर्थ मन्त्रालयमा वर्षमान पुनलाई पठाउने भएको छ । अन्य मन्त्रीहरुको नाम टुङ्ग्याउने प्रयास भइरहेको बताइएको छ । साढे ४ बजेका लागि शपथको तयारी रहेको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।