आज नेपाल र भारतबिच प्रतिस्पर्धा, जित्नै पर्ने दबाबमा दुवै टोली

काठमाडौँ । राजधानीमा जारी साफ यू–१६ महिला फुटबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदै छ । नेपाल र भारतबिचको खेल दिउँसो ३ बजे एन्फा मैदान सातदोबाटोमा सुरु हुनेछ ।

चार देश सहभागी यस प्रतियोगितामा बङ्गलादेश लगातार दुई जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ । आज भारत र नेपालबिचको विजेताले फाइनलमा स्थान पक्का गर्ने भएकाले दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ । बराबरीले भने भारतलाई नै फाइदा पुग्ने छ ।

भारतले आफ्नो पहिलो खेलमा भुटानमाथि ७–० को जित निकालेको थियो । नेपालले भुटानमाथि ३–० को जित निकालेको छ । यसैगरी नेपाल आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । भारत बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यसैगरी, भुटान र बङ्गलादेशबिचको समूह चरणको अन्तिम खेल शुक्रबार हुने छ । भुटान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिर भइसकेको छ । फाइनल खेल आइतबार हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।