मोरङको उर्लाबारीबाट चोरीको मोटरसाइकल सहित एक जना पक्राउ

मोरङ । मोरङको उर्लाबारीबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मंसिर १३ गते दिउँसो करिब १२:०५ बजे उर्लाबारी नगरपालिका–४, बक्राहा खोला नजिक पार्किङ गरी राखिएको हरियो रंगको बुलेट ३५० सीसी मोटरसाइकल हराएको भन्दै प्रहरीमा सूचना प्राप्त भएको थियो।

मोटरसाइकल राजेन्द्र खड्काको नाममा दर्ता रहेको प्रदेश ०१–०२–०५३ प १५४३ नम्बरको रहेको प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारी तथा मातहतका प्रहरी कार्यालयबाट खोजतलास सुरु गरिएको थियो। खोजीका क्रममा उर्लाबारी नगरपालिका–३, मंगलबारेस्थित प्रहरी बिटबाट खटिएको टोलीले उक्त मोटरसाइकल लिएर भाग्दै गरेको अवस्थामा सुनसरीको दुहबी नगरपालिका–१०, सिमरिया निवासी ३९ वर्षीय दिलिप कुमार चौधरीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖