कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश विजयी

विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा विहिबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गको छ । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै विकेट गुमाई ९० रनमा सिमित भयो । गण्डकीका लागि दिपक डुम्रेले २८ रन बनाउँदा इश्वर क्षेत्रीले १८ रन र समिर कँडेलले ११ रनको योगदान दिए ।

लुम्बिनीका प्लेयर अफ द म्याच विर मगरले ४ विकेट लिए । उनले३ दशमलव १ बलमा १६ रन खर्चेका थिए । त्यस्तै निर्मल गुरुङ र कृष्ण कार्कीले समान २–२ विकेट बाँडे ।

जवाफमा ९१ रनको लक्ष्य पाएको लुम्बिनीले १६ दशमलव १ बलमा ३ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । लुम्बिनीका देव खनालले ३४ रन जोड्दा आकाश त्रिपाथी २९ रनमा अविजित रहे । देवले २७ बलमा २ छक्का र ३ चौका प्रहार गरे । गण्डकीका सुवाश भण्डारीले २ विकेट लिँदा सन्दिप पराजुलीले १ विकेट लिए ।

दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयो । कोशीका श्रवण यादवले ९ बलमा २ छक्का र १ चौका प्रहार गरि २३, फिर्दोस अन्सारीले २२ रन, दिपेश कंडेलले अविजित २१ रन र सुजन थपलियाले १६ रनको योगदान दिए । मधेशका प्लेयर अफ द म्याच अविनाश तिबारीले ३ विकेट लिँदा रन्जित कुमारले ३ विकेट लिए । तिवारीले ४ बलमा १ रन दिए । त्यस्तै राजेश यादव र हरिशंकर साहले २–२ विकेट लिए ।

जवाफमा १ सय १८ को लक्ष्य पछ्याएको मधेशले १९ दशमलव ३ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ । मधेशकालागि अरनिको यादवले २७ रन बनाउँदा मयन यादवले २४ रन र अविशेक तिवारीले १८ रनको योगदान दिए । कोशीका दिपेश कँडेलले ३ विकेट लिए । दिपेशले ४ ओभरमा किफायती बलिङ गर्दै १२ रन दिए । त्यस्तै फिर्दोस अन्सारी, भुपाल लुइेटेल र अंकित सुवेदीले समान १–१ विकेट लिए ।

शुक्रबारको पहिलो खेल सुदुरपश्चिम प्रदेश र नेपा प्रहरी तथा दोस्रो खेल कर्णाली प्रदेश र त्रिभुन आर्मी क्लव विच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।