म त पखेटा फिँजाएर उड्न चाहन्थेँ तर, बतास बनी कतै उडाएर लैजान खोज्ने धेरै भेटिए : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले हिम्मत नहारी अप्ठ्यारा परिस्थितिको सामना गर्न सम्पूर्ण नारीहरूलाई आग्रह गरेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

आफूले धेरै अप्ठ्यारा परिस्थितिको सामना गरेर अघि बढेकाले आजभोलि आफू लडाकु जस्तै बनेको समीक्षाले बताएकी छिन् । ‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्‍यो । धेरै पटक मार्‍यो । तर पनि उठेँ । हिम्मत हारिनँ । हार्ने पनि छैन,’ उनले अगाडि भनेकी छन्, ‘आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ । अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ । त्यसैले अन्यायकाविरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरूमा आफैँबाट आओस् भन्ने कामना-सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा-आन्टीहरूमा शुभकामना व्यक्त गर्दछु !’

नेपाली समाजमा छोरी र नारीलाई हेर्ने दृष्टिकोण नफेरिएको उनको भनाई छ । ‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला । बिहान-बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी । मेरो परिवारको धेरै ठूला सपनाहरू थिएनन् । छैनन् पनि । साँघुरो सपनाहरूबाट फैलिन चाहनु मेरो के गल्ती थियो र ?’ उनले भनिन्, ‘म त पखेटा फिँजाएर उड्न चाहन्थेँ । तर, बतास बनी कतै उडाएर लैजान खोज्ने धेरै भेटिए ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।