भारतीय अभिनेता गोविन्दाले रौतहटमा मनाए नारी दिवस

जनकपुरधाम । भारतीय चर्चित अभिनेता गोविन्दाले रौतहटमा नारी दिवस मनाएका छन् ।

रौतहटको मौलापुरमा आज सुरु भएको मधानी महोत्सवमा सहभागी हुन आएका अभिनेता गोविन्दाले नेपालमै नारी दिवस मनाएका हुन् ।

अभिनेता गोविन्दा, आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साह, मौलापुरकी मेयर रीना साहले ‘अन्तर्राष्ट्रिय नारी दिवसको तुल’ (बैलुन) आकाशमा उडाए ।

नेपालमा नारी दिवस मनाउन पाएकोमा खुशी व्यक्त गर्दै अभिनेता गोविन्दाले नारीलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

उनले मेयर रीनाले गरेको विकास देखेर खुशी लागेको पनि सुनाए ।

आजपा अध्यक्ष साहले राज्यको हरेक तह र निकायमा महिलाको ५१ प्रतिशत अधिकार सुनिश्चित होस् भन्ने उद्घोषका साथ आम महिला मोर्चाले मधानी महोत्सवमै ‘अन्तर्राष्ट्रिय नारी दिवसको तुल’ आकाशमा उडाएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।