‘द रेड सुटकेस’को फस्ट लुक्स सार्वजनिक

काठमाडौं, २९ फागुन । आगामी नयाँ वर्ष २०८१ को अबसरमा नेपाली चलचित्र ‘द रेड सुटकेस’ रिलिज हुने भएको छ । यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यो चलचित्रले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा महत्वपूर्ण अवार्ड समेत जितिसकेको छ ।

आगामी ३० चैतमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्स (पोष्टर) मँगलबार सार्वजनिक गरिएको छ । योे फस्ट लुक्समा चलचित्रमा मुख्य अभिनेताद्धय सौगात मल्ल, विपिन कार्की र अभिनेत्री सृष्टी श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।

द रेड सुटकेसको फस्ट लुक्समा अभिनेत्री सृष्टी श्रेष्ठ ग्रामिण महिलाको रुपमा देखिएकी छिन् । यस्तै सौगात मल्ल र विपिन कार्कीपनि कामकाजी युवाको रुपमा छन् । यसमा पहाडी क्षेत्रको राजमार्ग (घुम्तीबाटो) लाई देखाईएको छ । फस्ट लुक्समा कलाकारको चरित्रलाई अथार्थरुपमा देखाउन खोजिएको छ । यो चलचित्रमा यी तीन कलाकारसँगै प्रविन खतिवडा पनि मुख्य भूमिकामा छन् ।

द रेड सुटकेश गत सेप्टेम्बरमा भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रले फेस्टिभलमा दुई महत्वपूर्ण अवार्ड हाँसिल गरेको थियो । यस्तै संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा पनि यो चलचित्र छनौट भएको छ ।

चलचित्रको बारे निर्देशक फिडेलले यो चलचित्रबारे भने,‘द रेड सुटकेस मध्यम तथा न्युन बर्गिय नेपाली समाजका युवाहरुको बर्तमान कथा हो । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा हामीले बुनेका हौं ।’

श्रीलंकामा प्राविधिक काम गरिएको द रेड सुटकेसमा रामकृष्ण पोखरेल, शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् । सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई समन अलभितिगाले सम्पादन गरेका छन् ।

अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्ण पोखरेलले द रेड सुटकेशलाई पनि ऐना झ्यालको पुतली जस्तै मौलिक कथामा तयार गरिएको बताएका छन् । यो चलचित्रलाई आरआर फिल्मसबाट रोहित–रत्नले वितरण गर्दैछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।