श्रीमानको हत्या गर्न श्रीमतीको सुपारी

पोखरा : कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए । सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए । रामलालले डोजर, एक्स्काभेटर चलाउँथे । हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने उनलाई थाहा थियो । तर काम गर्न आएका उनी चैत ३ गते मृत भेटिए ।

अनुसन्धान गर्दै जाँदा उनको हत्या भएको खुल्यो । उनको हत्या गरेर सँगै आएका ३ जना फरार भए । उनको हत्या गर्न आफ्नै श्रीमतीले टोली खटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा श्रीमती र उनीसँगै हाइड्रोमा काम आएका ३ जनालाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा श्रीमती च्याङ्मा तामाङ, उनलाई ल्याउने धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङ छन् । पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ । रामलालको शव उनका बुबाले बुझेका छन् । उनको ज्याकेटको गोजीबाट स्काभेटरको चाबी भेटिएको छ । वडाध्यक्ष देवीजंग गुरुङको समन्वयमा उनको शवको पहिचान भएको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।