सहिद भिमनारायण गोल्डकप वैशाख २३ गतेदेखि

धनकुटा । १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ। सहिद भीमनारायण स्मृति प्रतिष्ठानले आज पत्रकार सम्मेलनको आयोजना गरेर १५ औँ संस्करणको आयव्यय सार्वजनिक गर्दै १६ औँ संस्करणको सहिद भीमनारायण गोल्डकपवारे जानकारी गराएको हो ।

सोही जानकारी अनुसार आगामी वैशाख २३ देखि २९ गतेसम्म गोल्कप सञ्चालन गर्ने जानकारी दिईएको छ।

गत वर्ष भएको १५ औँ संस्करणको उपाधि बी डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेडले जितेको थियो। धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा ए डिभिजन लिगका मचिन्द्र क्लव, न्युरोड टीम एनआरटी, विभागिय टीम एपिएफ सहित आयोजक धनकुटा, भोजपुर, सिराहा, सुनसरी, मोरङ, झापाको सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेताले नगद ५ लाख सहित ट्रफी र उपविजेताले दुई लाख ५० हजार हात पार्नेछन भने हरेक खेलमा म्यान अफ दी म्याच घोषित गरेर पुरस्कृत गरिने र विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रुपमा सञ्चालन भएको थियो। त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन नसकेको प्रतियोगिता २०६३ सालपछि वर्षेनि हुँदै आएपनि कोरोना महामारीको कारण तीन वर्ष स्थगित भएको थियो। नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो। यसैबिच सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानले १५ औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आयोव्यय सार्वजनिक गरेको छ।

१५ औँ संस्करणको प्रतियोगितामा ३३ लाख ८६ हजार ४ सय ६६ रुपैयाँ खर्च भएकोमा २९ लाख ३६ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ। यस्तै ६ लाख ४४ हजार ८ सय ९८ रुपैयाँ संकलन हुने चरणमा रहेको सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताउनु भयो। उहाँले दाताबाट कबुल भएको रकम संकलन भएमा १५ औँ संस्करणको गोल्डकपबाट १ लाख ९५ हजार ३ सय ३४ रुपैयाँ बचत हुने जानकारी दिनुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖