ताप्लेजुङ,झापा र सुनसरीबाट विभिन्न मुद्दाका फरार ५ जना प्रतिवादी पक्राउ
विराटनगर, मंसिर १२ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले परिचालित प्रहरी टोलीले खोजतलासका क्रममा मंसिर ११ गते उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा ताप्लेजुङका एक जना, झापाका तीन जना र सुनसरीका एक जना रहेका छन्।
