पाख्रिबास स्थित अमर माबिले गर्यो देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रमबाट २८ लाख बढी सहयोग संकलन

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६, फलाटेमा रहेको श्री अमर माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आयोजना गरेको देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम र पूर्वविद्यार्थी एवं सहयोगीहरूबाट प्राप्त आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ।

विद्यालयले पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमबाट प्राप्त सहयोग, पूर्वविद्यार्थी तथा देश–विदेशमा रहेका सहयोगीहरूबाट संकलित रकम र खर्चको विवरण सार्वजनिक गरेको हो। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमका क्रममा विभिन्न स्थानबाट ५ लाख ८ हजार ७ रुपैयाँ आम्दानी भएको छ।

त्यसैगरी, पूर्वविद्यार्थी तथा देश–विदेशमा रहेका सहयोगीहरूबाट २२ लाख ९९ हजार ४०० रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक दीपेन्द्र राईले जानकारी दिए। यसरी विद्यालयले कुल २८ लाख ७ हजार ४०७ रुपैयाँ सहयोग संकलन गरेको छ।

कार्यक्रम सञ्चालनका क्रममा आन्तरिक व्यवस्थापन तथा सामग्री खरिदमा २ लाख ३० हजार २४० रुपैयाँ खर्च भएको प्रधानाध्यापक राईले बताए। खर्च कटाएर विद्यालयसँग २६ लाख ५८ हजार १६७ रुपैयाँ बचत रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। विद्यालयले संकलित रकममध्ये ७० प्रतिशत विद्यालयको सञ्चित कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

उक्त कोषबाट प्राप्त हुने ब्याज विद्यार्थीको हित तथा विद्यालयको आन्तरिक व्यवस्थापनमा खर्च गरिने प्रधानाध्यापक राईले बताए। बाँकी ३० प्रतिशत रकमबाट कार्यक्रम सञ्चालनमा भएको खर्च कटाएर बचत रकम खेलमैदान निर्माणमा लगानी गरिनेछ। साथै, विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमसमेत सञ्चालन गरिने विद्यालयले जनाएको छ।

विद्यालयलाई राम्रो र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा स्थानीयवासी, पूर्वविद्यार्थी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूको उल्लेखनीय सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्वत भुजेलको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पाख्रिबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईं, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, प्रधानाध्यापक दीपेन्द्र राई, सहायक प्रधानाध्यापक ध्रुव पौडेल, विद्यालय व्यवस्थापन समिति सदस्य, जनप्रतिनिधि तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖