धनकुटाको हिलेमा सम्पन्न “बक्रकुण्ड गोल्ड कप ” तेस्रो संस्करणको उपाधी सुनसरीलाई
धनकुटा। बक्रकुण्ड गोल्ड कप तेस्रो संस्करणको उपाधी सुनसरीले उचालेको छ । आज भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजीत गर्दै उपाधि उचालेको हो ।
निर्धारित समयमा दुबै टिमबाट २-२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा ईलामका एक खेलाडिको प्रहार गोल पोष्टवाट बाहिरीए पछि ईलाम पराजित भएको हो । प्रतियोगिताको बिजेता टोलिले उपाधि सहित एक लाख रुपैया हात पारेको छ ।
त्यस्तै उपबिजेता टोलीले ५० हजार रुपैयामा चित्त बुझाएको छ । हिलेमा रहेको धार्मिक पर्यटकिय स्थल बक्रकुण्ड मन्दिरको नाममा तिन बर्ष अघिवाट प्रतियोगिता संञ्चालन हुदै आएको छ । २३ गतेवाट सञ्चालन भएको प्रतियोगितामा धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा, ईलाम, संखुवासभा, तेह्थुम र मधेश प्रदेशको सप्तरी जिल्लाले सहभागीता जनाएको क्लवका सचिब अर्जुन शाहिले जानकारी दिनुभयो ।


