धनकुटामा दिगो व्यापार मोडल डिजाइन सम्बन्धि ५ दिने तालिम सम्पन्न
धनकुटा । जिल्लाको धनकुटा नगरपालिका भित्र संचालनमा रहेको तथा छथर जोरपाची स्थित संचालनमा आउन लागेका सामुदायिक तथा नीजि होमस्टेहरुलाई दिगो ब्यापार मोडल डिजाइन सम्बन्धि ५ दिने परामर्श तथा तालिम सम्पन्न भएको छ ।
परामर्श कार्यक्रमलाई उदघाटन गर्दै धनकुटा नपाका प्रमुख चिन्तन तामाङले अब धनकुटा नगरमा होमस्टेका माध्यमले पर्यटन क्षेत्रमा लगानी बृद्वि हुनुका साथै पर्यटकहरुको समेत बृद्वि हुने बिश्वास ब्यक्त गर्नु भयाो ।
समारोहलाई सम्बोधन गर्दै कम्युनिटी होमस्टे नेटवर्कका प्रमुख कार्यकारी अधिकृत आयुषा प्रसाईले यस प्रकारको परामर्श तालिम ब्यावसायीका लागि ज्यादै महत्वपुर्ण हुने बताउनु भयो ।
समापनका क्रममा हुसाडेकका खेमराज थापाले ब्यवसायीहरुलाई उत्साहित बनाउन भुमिका खेल्नुभएको थियो । तालिम अवधिभर नै ईसिमाेडका बिज्ञ डा. अनु लामा रहनुभई सहभागीहरुलाई उत्प्रेरित गर्ने काम गर्नु भएको थियो भने परामर्श तथा तालिम ईसिमाेड तथा हुसाडेकको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
परामर्श सहजकर्ताहरुमा डोमा छिरिङ तामाङ, प्रशान्त घिमिरे र पुष्पा थापा रहनु भएको थियो ।







