पाख्रिबासमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने
धनकुटा । धनकुटाको पाख्रिबासमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगर र पाख्रीबास नगरपालिका, धनकुटाको संयुक्त आयोजनामा पाख्रीबास नगरपालिकाको वडा नं ९ र १० चुङमाङका जनतालाई लक्षित गरि उक्त शिविर संचालन गरिएको हो ।
शिविरमा नि:शुल्क प्रदान हुने सेवाहरुमा प्रशुती तथा स्त्री रोग सम्बन्धि सेवा ,हाडजोर्नी तथा नशा रोग ,छाला रोग तथा यौन रोग,शल्यक्रिया सम्बन्धि परामर्श सेवा ,वाल रोग सम्बन्धि सेवा ,नाक, कान, घाँटी रोग सम्बन्धि सेवा ,दन्त रोग सम्बन्धि सेवा ,इसिजी (मुटुको जाँच) सेवा ,ल्याब परिक्षण सम्बन्धि सेवा (रगत जाँच, पिसाव जाँच) र जेनेरल मेडिसिन सेवा रहेका छन् ।
शिविर श्री आधारभूत स्कूलको भवन, धनकुटा नगरपालिका-१०, उत्तरपानीमा बैशाख १४ र १५ मा बिहानको ९ बजेदेखि दिउंसो ३ बजे सम्म संचालन हुने नपाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सुवेदी र नगर प्रमुख ज्ञान बहादुर गुरुङ हस्ताक्षरित सुचनामा उल्लेख छ ।



