पहिचान सभ्यता हो, जातीय राजनीति होईन :स्वतन्त्र उम्मेदवार थेगिम

इलाम, १० वैशाख । आसन्न इलाम–२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमले एक जनाको पहिचान खोज्दा अर्काको पहिचान मेट्ने काम गर्न नहुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकले अर्काको पहिचानलाई स्वीकार्न नसक्दा अहिले कोशी प्रदेशमा अशान्ति सुरु भएको बताएका हुन् ।

‘पहिचान भनेको सभ्यता हो, जातीय राजनीति होईन । क्षेत्री, बाहुन, राई, लिम्बु, मगर सबैको आ–आफ्नो पहिचान हुन्छ । हरेकले एकले अर्कोलाई सम्मान गर्नुपर्छ । अहिले प्रदेश १ मा अशान्ति आउनुको कारण एउटाको पहिचानलाई अर्कोले नामेट गर्न खोज्दा हो,’– उनले भने ।

इलामलाई समृद्ध बनाउने योजना आफूसँग रहेको उनले दाबी गरे । इलामको समृद्धिका लागि बौद्धिक बहस आवश्यक रहेको उनको भनाइ छ । थेगिमलाई पहिचानवादीहरुले समर्थन गरेका छन् । साथै, अन्य पहिचान पक्षधर दलहरुको पनि थेगिमलाई समर्थन छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।