भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाको आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण

धनकुटा । भारत सरकारबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिकाले भव्य समारोहका वीच आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ ।

आहाले स्वास्थ्य चौकीमा वुधवार आयोजित एक कार्यक्रमका वीच सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा र साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले संयुक्त रुपमा एम्वुलेन्सको चावी आहाले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर राईलाई हस्तान्तरण गरे ।

सम्मानीय राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाको पहलमा एम्वुलेन्स प्राप्त भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार एम्वुलेन्स नहुँदा आहाले, महाभारत क्षेत्रका स्थानीय वासिन्दालाई स्वास्थ्य संस्थासम्म जान कठिन भएको थियो । एम्वुलेन्स प्राप्त भएसँगै यस क्षेत्रका स्थानीयलाई धेरै राहत पुगेको छ ।

हस्तान्तरण गरिएको एम्वुलेन्स गाउँपालिका मार्फत् आहाले स्वास्थ्य चौकीबाट संचालन हुनेछ । कार्यक्रममा वोल्दै सम्मानीय राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाले भौगोलिक वनावटको हिसावले विकट रहेको यो क्षेत्रको विकासका लागि आगामी दिनमा अझ धेरै पहल गर्ने बताए ।

गाउँपालिका अध्यक्ष जितेन्द्र राईले साँगुरीगढी गाउँपालिका सबै वडालाई समान रुपमा हेरेको कसैलाई पनि विभेद नगरेको बताए । उनले यो क्षेत्र अन्य वडाको तुलनामा विकट छ । प्राथमिकतामा राखेर योजना कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

आहाले स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष जितवहादुर राईले गाउँपालिकाबाट एम्वुलेन्स प्राप्त भएकोमा धन्यवाद व्यक्त गरे । गाउँपालिकाका योजना अधिकृत दोर्ण राईले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति हरिकुमार राई, गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई, नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति हरि राई लगायतले मन्तव्य राखेका थिए ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।