भीमनारायण गोल्डकपमा तीन नयाँ अभ्यासको शुरुवात

नारायण कुमार राई/धनकुटा २२ ,बैसाख । भोलीबाट शुरु हुन गईरहेको सहिद भीमनारायण गोल्डकपको १६ औं संस्करण आयोजकले तीन वटा नयाँ अभियान शुरु गर्ने भएको छ ।

आयोजक शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पुरा भएको जानकारी दिंदै उक्त नयाँ बिषयका बारेमा पनि जानकारी दिएको हो ।

अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप गर्दै आएको प्रतिष्ठानले यो पटकबाट अन्तराष्ट्रिय आमन्त्रण हटाएर गोल्ड कप मात्र राखेको छ ।

यसले नेपाल र स्थानीय स्तरमा रहेका राम्रा कल्व र खेलाडीहरुलाई प्रतियोगितामा सहभागी हुने प्रेरणा मिल्ने आयोजकको अपेक्षा रहेको छ ।

तथापी यसको अर्थ प्रतियोगितामा अन्तराष्ट्रिय टोलीलाई समावेश नगर्ने भन्ने नरहेको आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो ।

‘अन्तराष्ट्रिय भन्ने बित्तिकै यहाँका राम्रा कल्व र खेलाडीहरु बन्चित हुने जस्तो देखियो ।’ यहाँले भन्नुभयो–‘प्रतियोगिता फेक्जिवल बनाउन हामीले अन्तराष्ट्रिय आमन्त्रण हटाएका हौ ।’

त्यस्तैे आफ्नो स्थिति मजबुत बनाउन आयोजक टोलीले यो पटकबाट आफ्नो टिममा आठ जना राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडि समावेश गर्ने भएको छ ।

खेललाई रोमाञ्चक र प्रतिष्प्रधात्मक बनाउन यसपटक खेलाडीहरु समावेश गरिएको पतिष्ठानका अध्यक्ष पुरेनद्रलाल श्रेष्ठले जानकरी दिनुभयो ।

श्रेष्ठले हाँस्दै भन्नुभयो–‘यो पटक उपाधि आफै राखौ भनेर जुवा खेलेका छौं ।’

त्यस्तै सबैबाट गुनासो र सुझाव आएपछि १५ औं सस्करण सम्म सशुल्क टिकटको ब्यबस्था गरेको प्रतिष्ठानले यो पटकबाट निःशुल्क खेल हेर्ने ब्यबस्था गरेको छ ।

धनकुटा नगरपालिकाको सहयोगमा निःशुल्क खेल हेर्ने ब्यबस्था गरिएको प्रतिष्ठानकाका सचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो–‘टिकट बेचेर प्याराफिट भरेरमात्र खेल शुरु गर्नपर्ने हाम्रो बाध्यता र आम नागरिकको सुझावमा हामीले निःशुल्क खेल हेर्ने ब्यबस्था गरेका हौं ।’

यस कार्यलाई आयोजकले नगर तथा जिल्लाबासीहरुको खेल प्रतिको धारणा बुझ्ने अवसरका रुपमा लिएको पनि श्रेष्ठले जानकारी दिनुभयो ।

२९ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र विर्तामोड युनाइटेड क्लब झापा सहभागि हुने छन् ।

यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिता विजेताका लागि नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफि मेडल, कप, प्रमाणपत्र रहेको छ ।

२०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएको थयो ।

सरकारले २०७४ सालमा सहिद घोषणा गरेको श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।