सहिद भीमनारायण गोल्डकप अन्तर्गत हिजो वर्षाले रोकिएको खेलको दोस्रो हाफ आज हुँदै

धनकुटा । १६औँ संस्करणको शहीद भीमनारायण गोल्डकपअन्तर्गत हिँजो आइतबार वर्षाले रोकिएको उद्घाटन खेलको दोस्रो हाफ आज सोमबार हुँदैछ।

सशस्त्र प्रहरीको एपीएफ क्लब र चारतारे युवा क्लब मोरङबीचको दोस्रो हाफको खेल सोमबार बिहान १० बजे शुरु हुने आयोजकले जनाएको छ। आइतबार भएको पहिलो हाफमा एपीएफले १-० को अग्रता लिएको थियो। पहिलो हाफको पहिलो मिनेटमा पाएको कर्नरको सदुपयोग गर्दै एपिएफले अग्रता लिएको हो।

एपीएफका बुद्धिमान राईले प्रहार गरेको कर्नर बललाई सुमन श्रेष्ठले हेड मार्फत गोल गरेका थिए। वर्षाका कारण प्रभावित खेल २० मिनेट भएपछि १८ मिनेट स्थगित भएको थियो। त्यसपछि पुन २५ मिनेट खेल भएर स्थगित भएको हो। पहिलो गोल खाएपछि केही आक्रमक खेल खेल्ने प्रयास चारतारेका खेलाडीले गरे पनि एपिएफका डिफेन्सले कुनै मौका दिएनन्।

प्रतियोगिताको दोस्रो खेल सोमबार त्रिभुवन आर्मी क्लब काठमाडौं र विर्तामोड युनाइटेड क्लब झापा बीच खेल हुने आयोजकले जनाएको छ।

आगामी २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन्।

प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, चारतारे क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौं र बिर्तामोड युनाइटेड क्लब झापा सहभागी हुने छन्। यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी छन्।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।