सहिद भीममारायण गोल्डकप : मोरङको चारतारे फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै एपीएफ क्लवको विजयी सुरुवात
धनकुटा । मोरङको चारतारे फुटवल क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै विभागीय टोली शसस्त्रको एपीएफ क्लवले धनकुटामा सुरु भएको १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सदरमुकाम स्थित तत्लो टुडिखेलमा सम्पन्न खेलमा एपिएफका सुमन श्रेष्ठले गरेको एक मात्र गोल जितका लागि निर्णायक सावित वन्यो ।
खेलको पहिलो हाफ चलिरहँदा अत्याधिक वर्षा भएपछि हिजो खेल स्थगित गरिएको थियो । दोस्रो हाफको खेल आज विहान १० बजे पुनः सूचारु गरिएको थियो । आज विहान सम्पन्न दोस्रो हाफको खेलमा दुवै टिमबाट गोल हुन सकेन ।
दोस्रो हाफमा मोरङका खेलाडीले पाएको अवसरलाई सदुप्रयोग गर्न सकेनन् । विरेन लिम्बु, उमेश कार्की, विजय भुजेल, साइमन लिम्बूको प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको म्यान अफ द म्याच एपिएफका सुमन श्रेष्ठ घोषित हुँदै नगद ५ हजार ५ रुपैया र ट्रफी प्राप्त गरे । उनलाई संविधान सभा सदस्य तथा सहिदपुत्र मनोहरनारायण श्रेष्ठ, आयोजक सहिदभीमनारायण स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ प्रतियोगिता संयोजक शम्भु प्रधानले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
फाइनल प्रवेशको लागि एपिएफले वुटवल लुम्विनी क्लव र राष्ट्रिय जागृति क्लव वीचको विजेतासँग आगामी वैशाख २७ गते प्रतिस्पर्धा गर्नेछ । वुटवल र राष्ट्रिय जागृति क्लव वीचको क्वाटरफाइनल खेल भोली वैशाख २५ गते हुनेछ ।
गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ ।
आज दिउँसो त्रिभुवन आर्मी क्लव काठमाडौं र झापाको विर्तामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्डकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । २०५५ सालमा धनकुटा नगरपालिका–६ का तत्कालीन वडाध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले प्रतियोगिताको सुरुवात गरेका हुन् ।
नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।-एचआर न्यूज


