सहिद भीमनारायण गोल्डकपमा एपिएफ र विर्तामोड विजयी
धनकुटा,२४ बैशाख । धनकुटामा जारी १६ औं सस्करणको शहिद भीमनारायण गोल्डकप प्रतियोगिता आजको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र विर्तामोड यूनाइटेड क्लब झापा बिजयी भएका छन् ।
हिजो उत्घाटन गरिए पनि बर्षाका कारण खेल हुन नसकिरोकिएका खेल आज भएका हुन् आज भएको हिलो खेलमा एपिएफले फोरस्टार युवा क्लब मोरङ्ग लाई १–० गोल अन्तरले पराजित गर्दै एपिएफ बिजयी भएको हो त्यस्तै दोस्रो खेलमा त्रिभूवन आर्मी क्लव लाई १–० गोल अन्र्तरले पराजित गर्दै विर्तामोड यूनाइटेड क्लब झापा बिजयी भएको हो ।
२९ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद २ लाख ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।


