साँगुरीगढी गाउँपालिका वडा स्तरीय दोस्रो मेन्स डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि फाक्सिवका सुवास लिम्बू र धनवहादुर लिम्बूको जोडीलाई

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा स्तरीय दोस्रो मेन्स डबल व्याडमिन्टन प्रतियोगिताको उपाधी फाक्सिवका सुवास लिम्बू र धनवहादुर लिम्बूको जोडीले जितेको छ ।

सोमवार साँगुरीगढी गाउँपालिका वडा नं. २ वुढिमोरङ ब्याडमिन्टन कर्भडहलमा सम्पन्न फाइनल खेलमा सुवास र धनबहादुरको जोडीले वुढिमोरङका टाइसन लिम्बू र सञ्जय राईको जोडीलाई २१–१४, २१–१९ को सोझो सेटमा पराजित गरेका थिए ।

उपाधी सँगै सुवास र धनबहादुरको जोडीले नगद २५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता वनेका टाइसन र सञ्जयको जोडीले नगद १५ हजार रुपैया सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त वुझाए ।

प्रतियोगितामा वडा नं. ६ भेडेटारका रितेश लिम्बू र दिपेश कटुवालको जोडी, वडा नं. १ वुढिमोरङका राजकुमार तेयुङ र जितबहादुर राईको जोडी तेस्रो भए । उनीहरुको जोडीले जनही ८÷८ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
साँगुरीगढी गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा वैशाख २३ र २४ गते गरी दुई दिनसम्म प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖