तेस्रो खुवाफोक गोल्डकपको सम्पूर्ण तयारी पुरा

धनकुटा । तेस्रो खुवाफोक गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज वैशाख २५ गतेदेखि साँगुरीगढी गाउँपालिका वडा नं. ३ स्थित खुवाफोक खेलमैदानमा प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्न आवश्यक तयारी पुरा भएको आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उनका अनुसार खेल हेर्न आउने दर्शकहरुका लागि वाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । अस्थायी प्याराफिट करिव ५ सय जना दर्शक हट्ने क्षमताको रहेको अध्यक्ष लिम्बूले बताए ।

उद्घाटन खेलमा मोरङको कुसुमे साइनिङ क्लव र धरानको अलस्टार क्लव वीच प्रतिस्पर्धा हुनेछ । कुसुमे साइनिङ क्लव अघिल्लो संस्करणको विजेता समेत हो । उद्घाटन खेल वैशाख २५ गते दिउँसो १ बजे हुनेछ । त्यस्तै सोही दिन दोस्रो खेल संचालन हुनेछ । दोस्रो खेल आयोजक खुवाफोक युनाइटेड क्लव र सिसिडिआइसी मौनावुधुक वीच हुनेछ । आयोजक टिम गतसंस्करणको उपविजेता टिम हो ।
प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता छ । वैशाख २५ र २६ गते क्वाटर फाइनलका खेलहरु संचालन हुनेछन् । भने वैशाख २७ गते सेमिफाइनलका दुई खेल संचालन हुनेछ । सेमिफाइनलका विजेता टिम उपाधीको लागि वैशाख २८ गते सम्पन्न हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

खुवाफोक खेलकुद विकास समितिको आयोजना तथा खुवाफोक युनाईटेड फुटवल क्लवको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

खुवाफोक खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी प्राप्त गर्ने आयोजक खुवाफोक खेलकुद विकास समितिका अध्यक्ष सुमन लिम्बूले बताए । उनका अनुसार तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।

हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट सहित विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद सहित पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण मेरो गन्तव्य फेसवुक पेजले गर्नेछ ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖