सहिद भीमनारायण गोल्डकप : लुम्बिनी फुटबल क्लवलाई ट्राइबेकरमा हराउँदै राष्ट्रिय जागृति फुटबल क्लव सुनसरी सेमिफाइनलमा प्रवेश

विकास घिमिरे/धनकुटा,२५ बैशाख । धनकुटामा जारी १६ औं सस्करणको सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगतको मंगलबार भएको खेलमा बुटवलको लुम्बिनी फूटबल क्लवलाई ट्राइबेकरमा हराउँदै सुनसरीको राष्ट्रिय जागृति फूटबल क्लव सेमि फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा मंगलबार सम्पन्न तेस्रो क्वाटर फाइनल खेलको निर्धारित समयमा बुटवलको लुम्बिनी फूटबल क्लव र सुनसरीको राष्ट्रिय जागृति फूटबल क्लवले एक÷एक गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकर मार्फत भएको थियो । ट्राइबेकरमा सुनसरीको राष्ट्रिय जाग्रिति फूटबल क्लवले बुटबलको लुम्बिनी फूटबल क्लवलाई ५–४ गोलअन्तरले हरायो ।

राष्ट्रिय जागृतिका लागि कप्तान प्रबेश चौधरी, सुमित चौधरी, उमेश राई, मिलन राई र असिम राईले गोल गरे । यस्तै बुटबलका लागि विबेक गुरुङ, अल्भिन राई, करिम र आयूष घलानले गोल गरे । चन्दन दासको प्रहार बाहिरिएपछि सुनसरीको राष्ट्रिय जागृति फूटबल क्लवले सेमि फाइनलमा शसस्त्र प्रहरीको एपिएफ क्लवसँगको भेट पक्का गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖