लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो । 

लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । 

सनराइजर्सको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए । यो आइपिएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडी नै बनाएको सबैभन्दा बढी रन हो । 

यसअघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

यो जितपछि सनराइजर्स हैदारावाद १२ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने १२ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । 
  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।