साँगुरीगढीमा जारी तेस्रो खुवाफोक गोल्डकप : आयोजक सहित झापाको चुलाचुली र उदयपुरको डुम्रिबोटे सेमिफाइनलमा प्रवेश

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकमा जारी तेस्रो खुवाफोक गोल्डकप आयोजक सहित झापाको चुलाचुली र उदयपुरको डुम्रिबोटेले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वुधवार विहान सम्पन्न खेलमा आयोजक खुवाफोक युनाइटेड क्लवले मौनावुधुकको सिसिडिआइसीलाई २–१ गोलअन्तरले पराजित ग¥यो । खुवाफोक वुधवारको खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच आयोजकका कप्तान नविन माझी घोषित भए । उनले नगद २ हजार रुपैया प्राप्त गरे । मंगलवार भारि वर्षा भएको कारण आयोजक र सिसिडिआइसी वीचको खेल स्थगित गरि वुधवार विहान गराइएको थियो ।

त्यस्तै वुधवार सम्पन्न पहिलो खेलमा वुढिमोरङको किरात यूवा क्लवलाई शुन्यका विरुद्ध तीन गोलअन्तरले पराजित झापाको चुलाचुली क्लव विजयी भएको छ । वुधवारको खेल जित्दै चुलाचुली सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा चुलाचुलीका विदेशी खेलाडी फोफेना इब्राहाम म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । फाइनल प्रवेशको लागि भोली चुलाचुलीले अलस्टार क्लव धरानसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टिम वीचको खेल भोली दिउँसो १ बजे हुनेछ ।

त्यस्तै दोस्रो खेलमा विजयीहुँदै उदयपुरको डुम्रिबोटे उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । खुवाफोक खेल मैदानमा सम्पन्न खेलमा डुम्रिवोटे उदयपुरले फाक्सिव फुटवल क्लव माथि २–० को जित निकालेको हो । उक्त खेलको म्यान अफ दी म्याच उदयपुरका कृष्ण राई घोषित हुँदै नगद २ हजार रुपैया प्राप्त गरे । उदयपुरले फाइनल प्रवेशको लागि आयोजक सँग भोली नै प्रतिस्पर्धा गर्नेछ । यी दुई वीचको खेल भोली दिउँसो ३ बजे हुनेछ ।

आयोजक सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया र ट्रफी प्राप्त गर्नेछ । भने उपविजेता टिमले नगद ६० हजार ६ सय ६६ रुपैया र ट्रफी पाउनेछ । तेस्रो संस्करणमा पुरस्कार राशी वृद्धि गरिएको हो । गतसंस्करणको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजार प्राप्त गरेका थिए ।

मेरो गन्तव्य फेसवुक पेजले प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।