सहिद भीमनारायण गोल्डकप : आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुने

धनकुटा । धनकुटामा जारि १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप अन्र्तगत आजदेखि सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछ ।

पहिलो सेमिफाइनल खेल विभागीय टोली शसस्त्र प्रहरीको एपिएफ क्लव काठमाडौं र राष्ट्रिय जागृति क्लव इटहरी वीच हुनेछ । आज जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ । त्यसकारण दुवै टोली जितको खोजीमा हुनेछन् ।

एपिएफले क्वाटरफाइनलमा मोरङको चारतारे फुटवल क्लवलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थानमा बनाएको थियो । भने राष्ट्रिय जागृतिले त्रिभुवन आर्मी क्लवलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको थियो ।

यी दुई वीचको खेल आज धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा दिउँसो ३ बजे हुने आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठले बताए ।

गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ ।
आगामी वैशाख २९ गते सम्म संचालन हुने गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ ।

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ ।

नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।