सहिद भीमनारायण गोल्डकप : जनजागृति फुटबल क्लव सुनसरीलाई हराउंदै एपिएफ फाइनलमा प्रवेश
धनकुटा,२७ बैशाख । धनकुटामा जारी १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको विहिबार भएको पहिलो सेमीफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लव विजयी हुदै फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा सुनसरीको जनजागृति फुटबल क्लवलाई ३–२ गोल अन्तरले हराउँदै एपिएफले फाइनल यात्रा तय गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टीमबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट भएको थियो । ट्राइबेकरमा एपिएफका लागि सुमन श्रेष्ठ, यूवराज खड्का र सविन गुरुङले गोल गरे । भोलीको दोस्रो सेमि फाइनल खेल आयोजक धनकुटा र झापाको बिर्तामोड फूटबल क्लवबीच हुनेछ ।


